मार्जिन कारोबार सुविधा कार्यान्वयनका लागि आवश्यक कार्यप्रक्रिया पूरा भएको छ। स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको कार्यसमितिको बैठकले धितोपत्र दलाल व्यवसायीहरूले तयार पारेको कार्यप्रक्रियालाई अनुमोदन गरेको हो।
नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेड को ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार ब्रोकर कम्पनीहरूले आफ्नै कार्यप्रक्रिया बनाउनुपर्ने व्यवस्था थियो।
सोही व्यवस्थाअनुसार सबै प्रक्रिया पूरा गरिएको एसोसिएसनले जनाइएको छ। यद्यपि, केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले आगामी नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार गर्न योग्य ब्रोकरमार्फत लगानीकर्तालाई सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
![nepse | यी १२३ कम्पनीको सेयरमा मार्जिन कारोबार गर्न पाइने [सूचीसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/brokers-association-says-preparations-for-margin-trading-complete-to-begin-from-baisakh-2 nepse https://bajarkochirfar.com/brokers-association-says-preparations-for-margin-trading-complete-to-begin-from-baisakh-2 | %tags](https://bajarkochirfar.com/wp-content/uploads/2026/03/nepse-300x158.png)
यी १२३ कम्पनीको सेयरमा मार्जिन कारोबार गर्न पाइने [सूचीसहित]
















प्रतिकृया