विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्काशन गर्दैछ। यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म हुनेछ।
आईपीओको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्दैछ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP BBB-’ (ट्रिपल बी माइनस) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व तिर्ने क्षमता औसत जोखिमको स्तरमा रहेको संकेत गर्दछ। लगानीकर्ताले सी-आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया