बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत्र १ गतेदेखि आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सुरु गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १० लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ। यस निष्काशनमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिनको समयसीमा छिटोमा चैत्र १५ गतेसम्म र यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म कायम रहने छ।
त्यसैगरी, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिने छ। यस समुहले पनि न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् र आवेदन दिने अन्तिम मिति चैत्र ५ रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो। बोर्डको अनुमति अनुसार कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नेछ। सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले वहन गर्नेछ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया