बाइडेनको कार्यकाल सकिनुअघि अमेरिकाले इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने

बाइडेनको कार्यकाल सकिनुअघि अमेरिकाले इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने
AdvertisementAds

अमेरिकी विदेश मन्त्रालयले इजरायललाई ८ अर्ब डलर बराबरको हतियार पठाउने योजना बारे कांग्रेसलाई जानकारी गराएको छ। एक अमेरिकी अधिकारीले बीबीसीलाई यसको पुष्टि गरेका छन्।

यो हतियारको खेप पठाउन अमेरिकी हाउस र सिनेट कमिटीको स्वीकृति आवश्यक पर्नेछ। राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्त्य हुनुभन्दा पन्ध्र दिनअघि यो निर्णय लिएका हुन्।

गाजामा धेरै नागरिकको मृत्यु भएपछि इजरायललाई अमेरिकी सैन्य सहायता रोक्न विभिन्न मागहरू उठेका थिए। तर वाशिंगटनले ती मागहरूलाई अस्वीकार गरेको छ।

यसअघि सन् २०२३ को अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकु विमान र अन्य सैन्य उपकरण बेच्न स्वीकृति दिएको थियो।

यस पटकको हतियार खेपमा हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, हेलफायर मिसाइल, आर्टिलरी गोला, र बमहरू समावेश हुने एक अमेरिकी अधिकारीले बताएका छन्।

बीबीसीलाई जानकारी दिएका एक स्रोतले भनेका छन्, “राष्ट्रपतिले इजरायललाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकार कानून अन्तर्गत आफ्ना नागरिकको रक्षा गर्ने र इरान तथा त्यसका प्रोक्सी संगठनहरूको आक्रमणको जवाफ दिने अधिकार रहेको प्रष्ट पार्नुभएको छ।”

अमेरिकाले इजरायललाई आवश्यक पर्ने ६९ प्रतिशत हतियार र सैन्य उपकरण निर्यात गर्छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायली सैन्य कारबाहीमा ४५,५८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स