असार महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरूले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। १९ वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर अघिल्लो महिनाकै स्तरमा राखेका छन् भने पाँच वटा बैंकले ब्याजदर घटाएका छन्।
ब्याजदर घटाउने वाणिज्य बैंकहरूमा कुमारी बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंक रहेका छन्। यी बैंकहरूले जेठ महिनाको तुलनामा असार महिनामा ब्याजदर घटाएका छन्। कुमारी बैंकले जेठमा ५.९१ प्रतिशत ब्याज दिँदै आएकोमा असारका लागि ५.७१ प्रतिशतमा घटाएको छ। यस्तै, प्रभु बैंकले ६.६१ प्रतिशतबाट घटाएर ६.१० प्रतिशत, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशत, एनएमबि बैंकले ६.६० बाट ६ प्रतिशत, र एनआईसी एशिया बैंकले ६.६० बाट ६.५५ प्रतिशतमा झारेका छन्।
बाँकी १४ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर स्थिर राखेका छन्। राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंक ब्याजदर कायम राखेका छन्।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया