अब बैंकहरुले एटीएममा राख्न थाले समस्या आए फोन गर्ने नम्बर

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
अब बैंकहरुले एटीएममा राख्न थाले समस्या आए फोन गर्ने नम्बर

बैंकहरूले अब आफ्ना एटीएममा कुनै समस्या आएमा सम्पर्क गर्न सकिने कर्मचारीको नाम र फोन नम्बर राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकले हालै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० संशोधन गर्दै एटीएम प्रयोगमा सहजता ल्याउन यो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंकले बैंकहरूलाई एटीएम रहेको स्थानमा ग्राहकलाई आवश्यक परे तुरुन्तै सहायता प्राप्त गर्न सक्ने गरी सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर, साथै बैंकको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी भाषामा स्पष्ट रूपमा राख्न निर्देशन दिएको थियो । ग्राहकलाई कुनै समस्या आएमा सहज रूपमा जानकारी वा सहयोग प्राप्त होस् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।

बैंकहरूले आफ्ना एटीएमहरूमा आवश्यक जानकारीसहितको सम्पर्क नम्बर राख्न थालेका छन्, जसले ग्राहकलाई सेवा लिन अझ सहज बनाउने विश्वास गरिएको छ । बैंकहरूले यी विवरणहरू नियमित रूपमा अद्यावधिक गर्नुपर्नेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स