insta insta

दोस्रो त्रैमासमा बैंकहरूले कमाए २७ अर्ब नाफा, कसको कति ?

दोस्रो त्रैमासमा बैंकहरूले कमाए २७ अर्ब नाफा, कसको कति ?
Advertisement Ads

सञ्चालनमा रहेको वाणिज्य बैंकहरूले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कुल २७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशतले कम हो। गत वर्ष बैंकहरुले पुस मसान्तसम्ममा २८अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएका थिए।

दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले ३ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ।

यस्तै, एभरेस्ट बैंकले २ अर्ब ०७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने एनएमबी बैंकले २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ। प्राइम कमर्शियल बैंकले १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंकको नाफा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु बैंकको नाफामा सबैभन्दा बढी ८५.४९% को वृद्धि देखिएको छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७% ले बढेको छ भने ग्लोबल आइएमई बैंकको नाफा ४९% ले बढेको छ। यस्तै एनएमबी बैंकको नाफा ४५% ले वृद्धि भएको छ।

११ वाणिज्य बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट देखिएको छ। एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी ९२.०३ प्रतिशतले घटेर १५ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ। कुमारी बैंकको नाफा ६८% ले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२% ले घटेको छ।

adownload yeha https://bajarkochirfar.com/banks-earned-27-billion-in-profit-in-the-second-quarter-how-much-did-each-get | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स