insta insta

२०८२ सालमा बैङ्किङ कर्मचारीले ४७ दिन बिदा पाउने, कुन महिनामा कति दिन बिदा?

२०८२ सालमा बैङ्किङ कर्मचारीले ४७ दिन बिदा पाउने, कुन महिनामा कति दिन बिदा?
Advertisement Ads

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ मा लागु हुने बैंक बिदा र कार्यालय समयको तालिका सार्वजनिक गरेको छ। यसअनुसार, दसैँ, तिहार तथा अन्य पर्वहरूलाई समेट्दै कुल ४७ दिन बैंक बिदा तोकिएको छ।

नयाँ वर्ष (वैशाख १) र विश्व मजदुर दिवस (वैशाख १८ ) मा बैंकहरू बन्द रहनेछन्। यसैगरी, दसैँमा घटस्थापना (असोज ६) देखि द्वादशी (असोज १८) सम्म ६ दिन बैंक बिदा हुनेछ। तिहारमा कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटीकासम्म ५ दिन बैंक बन्द हुनेछ।

राष्ट्र बैंकले ३२ दिनको निश्चित सार्वजनिक बिदाबाहेक अन्य ६ दिन सरकारले तोकेको हकमा मात्र लागू हुने स्पष्ट पारेको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती, र गुरु नानक जयन्तीको दिन बैंक बिदा तोकिएको छैन।

राष्ट्र बैंकले कार्यालय समय निर्धारण गर्दै वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ५ बजेसम्म कार्यसमय तोकेको छ। कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र रहनेछ। प्रत्येक शुक्रबार कार्यालय समय बिहान १० देखि दिउँसो १:३० बजेसम्म मात्र हुनेछ। बैंकिङ कारोबार समय पनि सोही अवधिका लागि निर्धारण गरिएको छ।

प्रदेश सरकारहरूले बढीमा ६ दिनसम्म मात्रै सार्वजनिक बिदा घोषणा गर्न पाउने व्यवस्था गरिएको छ। यदि कुनै प्रदेशमा ६ दिनभन्दा बढी बिदा तोकिएमा, काठमाडौं उपत्यकाका तीन जिल्लामा गृह मन्त्रालयको निर्णय अनुसार मात्र लागू गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

holiday list https://bajarkochirfar.com/banking-employees-will-get-a-total-of-47-days-of-leave-in-2082-bs-how-many-days-of-leave-will-be-given-in-which-month | %tags

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स