Advertisement
Ads

२०८२ सालमा बैङ्किङ कर्मचारीले ४७ दिन बिदा पाउने, कुन महिनामा कति दिन बिदा?



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ मा लागु हुने बैंक बिदा र कार्यालय समयको तालिका सार्वजनिक गरेको छ। यसअनुसार, दसैँ, तिहार तथा अन्य पर्वहरूलाई समेट्दै कुल ४७ दिन बैंक बिदा तोकिएको छ।

नयाँ वर्ष (वैशाख १) र विश्व मजदुर दिवस (वैशाख १८ ) मा बैंकहरू बन्द रहनेछन्। यसैगरी, दसैँमा घटस्थापना (असोज ६) देखि द्वादशी (असोज १८) सम्म ६ दिन बैंक बिदा हुनेछ। तिहारमा कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटीकासम्म ५ दिन बैंक बन्द हुनेछ।


Advertisement

राष्ट्र बैंकले ३२ दिनको निश्चित सार्वजनिक बिदाबाहेक अन्य ६ दिन सरकारले तोकेको हकमा मात्र लागू हुने स्पष्ट पारेको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती, र गुरु नानक जयन्तीको दिन बैंक बिदा तोकिएको छैन।

राष्ट्र बैंकले कार्यालय समय निर्धारण गर्दै वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ५ बजेसम्म कार्यसमय तोकेको छ। कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र रहनेछ। प्रत्येक शुक्रबार कार्यालय समय बिहान १० देखि दिउँसो १:३० बजेसम्म मात्र हुनेछ। बैंकिङ कारोबार समय पनि सोही अवधिका लागि निर्धारण गरिएको छ।

प्रदेश सरकारहरूले बढीमा ६ दिनसम्म मात्रै सार्वजनिक बिदा घोषणा गर्न पाउने व्यवस्था गरिएको छ। यदि कुनै प्रदेशमा ६ दिनभन्दा बढी बिदा तोकिएमा, काठमाडौं उपत्यकाका तीन जिल्लामा गृह मन्त्रालयको निर्णय अनुसार मात्र लागू गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

holiday list https://bajarkochirfar.com/banking-employees-will-get-a-total-of-47-days-of-leave-in-2082-bs-how-many-days-of-leave-will-be-given-in-which-month | %tags

 

 

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर