SHAREHUBSHAREHUB

आजदेखि बन्दीपुर केवलकारको आईपीओ खुल्यो, क–कस्ले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
AdvertisementAds
आजदेखि बन्दीपुर केवलकारको आईपीओ खुल्यो, क–कस्ले भर्न पाउने ?
AdvertisementAds

बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को पहिलो चरण सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न गत असार १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आवेदन दिन सक्नेछन्। आयोजनाबाट प्रभावितहरूका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको छ।

तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिका (सबै वडा), भानु नगरपालिका–१ र गोरखाको पालुङटार नगरपालिका–७ का स्थानीयले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा गएकाहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावितले साउन २० गतेसम्म दिन सक्नेछन्। आवश्यक परेमा समय थपिनेछ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘CARE NP BB’ रेटिङ दिएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो। दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स