साउन ६ देखि बन्दीपुर केबलकारको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
साउन ६ देखि बन्दीपुर केबलकारको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ साउन ६ गतेदेखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ५८ लाख ६० हजार कित्ता मध्ये ५ लाख ६६ हजार ५०० कित्ता तनहुँ र गोरखाका स्थानीयका लागि छुट्याइएको छ। स्थानीयले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीका तोकिएका कार्यालयहरूबाट दिन सकिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता छुट्याइएको छ, जसमा उनीहरूले मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। स्थानीयको लागि निष्काशन साउन २० गते (छिटोमा) देखि भदौ ४ गते (ढिलोमा) सम्म खुला हुनेछ भने वैदेशिक श्रमिकका लागि साउन ९ देखि भदौ २० गतेसम्म आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स