बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको आइपीओको बाँडफाँट सम्पन्न भएको हो।
उक्त आईपीओमा २५ लाख १२ हजार १२२ जनाले कुल २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताको लागि आवेदन दिएका थिए। आईपीओमा मागभन्दा झण्डै ७ गुणा बढी आवेदन परेकाले करिब २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ भने भाग्यशाली ४ लाख ३४ हजार १०८ जनाले भने १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कसरी हेर्ने आईपीओको नतिजा ?
1. नेपाल एसबिआई मर्चेन्ट बैंकिङ
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।




















प्रतिकृया