झापा–५ मा बालेनको घरदैलो कार्यक्रम: यस्तो छ आजको कार्यतालिका

झापा–५ मा बालेनको घरदैलो कार्यक्रम: यस्तो छ आजको कार्यतालिका
AdvertisementAds

आज माघ २६ गते, झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को नागरिक भेटघाट कार्यक्रम आयोजना हुने भएको छ।

बालेन सचिवालयका अनुसार, कार्यक्रम बिहान ७ः३० बजे सुरु भई विभिन्न बस्ती तथा चोकहरू हुँदै सञ्चालन हुनेछ। तय कार्यक्रमअनुसार नागरिक भेटघाट सानो केर्खा चोकबाट सुरु भई सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ तथा संथाल बस्ती), ढ्यांग्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुमबासी बस्ती, समैगड र छलफल चोक हुँदै अन्त्यमा भुत्लुंग स्कुल अगाडि पुगेर समापन हुने बताइएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार शाहले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे छलफल गर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स