बालेन स्टाइल: विना तडकभडक ६८ हजार मत, १५ दिनको चुनावी खर्च जम्मा १४ लाख १७ हजार !

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
बालेन स्टाइल: विना तडकभडक ६८ हजार मत, १५ दिनको चुनावी खर्च जम्मा १४ लाख १७ हजार !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार बालेनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।

बालेनले गरेको यस्तो चुनावी खर्चमा जम्मा ५८ जनालाई खाजा खुवाएको उल्लेख छ । यस्तो खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ रहेको छ ।बालेनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय , ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडानमा १५ दिन गरिएको प्रचारको कार्यक्रममा भएको खर्च ५ लाख ८० हजार भएको उल्लेख छ ।

उनले नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खचृ भएको पनि विवरण बालेनले निर्वाचन आयोगमा बुझाएका छन् । बालेनले झापा ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई हराएका छन । वालेन झापा ५ बाट ६८ हजार ३४८ मतका साथ विजयी भएका हुन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स