पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले देश र जनताको हितमा प्रतिवेदनलाई लागू गर्नु अब बन्ने रास्वपा नेतृत्वको सरकारको जिम्मेवारी रहेको र यसले नयाँ इतिहास रच्ने वा पुराना त्रुटि दोहोर्याउने संकेत दिने बताएका छन्।
भट्टराईका अनुसार प्रतिवेदनको सरसर्ती अध्ययन गर्दा दुबै दिनका घटनाहरू अपेक्षाअनुसारको विवरणमा समेटिएको देखिन्छ। २३ गतेका घटनामा तत्कालीन सरकारका व्यक्तिहरूको गम्भीर कमजोरी उजागर भएको छ भने केही समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको प्रतिवेदनले संकेत दिएको छ।
२४ गतेको घटनामा भने राज्यका सबै अंगहरू ‘कोल्याप्स’ भएको जस्तो अवस्था देखिएको छ। प्रतिवेदनमा केही निकाय र समूहहरूले २२ गतेदेखि नै विभिन्न माध्यमबाट तयारी गरेको उल्लेख रहेको छ र केही व्यक्तिहरूको भूमिकालाई विशेष रूपमा औंल्याइएको छ।
त्यसैगरी, भट्टराईका अनुसार प्रतिवेदनले कारबाही, पुरस्कार र शासकीय सुधारसम्बन्धी विस्तृत सिफारिसहरू समेत प्रस्तुत गरेको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया