प्राधिकरणले टेलनेट इन्टरनेटको लाइसेन्स क्यान्सिल गर्यो

प्राधिकरणले टेलनेट इन्टरनेटको लाइसेन्स क्यान्सिल गर्यो
Advertisement Ads

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी टेलनेट इन्टरनेट प्रालि (पोखरा) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणका अनुसार तोकिएको समयसीमाभित्र लाइसेन्स नवीकरणका लागि निवेदन नपरेपछि फागुन १ गतेदेखि टेलनेटको लाइसेन्स स्वतः रद्द भएको हो।

बिहीबार जारी गरिएको सूचनामा प्राधिकरणले कम्पनीलाई तिर्न बाँकी रकमसहित ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। लाइसेन्स खारेज भएसँगै कम्पनीले कानुनी रूपमा इन्टरनेट सेवा प्रदान गर्न नपाउने अवस्था सिर्जना भएको छ।

nnnn https://bajarkochirfar.com/authority-cancels-telnet-internet-license | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स