SIP गर्ने सोचमा हुनुहुन्छ ?, कुन SIP राम्रो छ त ?[भिडियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते

बजारमा “० बाट करोडपति बन्ने स्किम” भनेर प्रचार गरिने सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) वास्तवमा छिटो धनी बनाउने उपाय नभई दीर्घकालीन लगानीको विधि भएको बताइएको छ। एसआईपीमार्फत लगानी गर्नुअघि स्पष्ट लक्ष्य निर्धारण गर्नु आवश्यक हुने, जस्तै छोराछोरीको शिक्षा, घर किन्ने योजना वा निवृत्तिभन्दा पछिको जीवनका लागि बचत गर्ने उद्देश्य तय गर्नुपर्ने विज्ञहरूको सुझाव छ। लक्ष्यअनुसार लगानी रकम र अवधि निर्धारण नगरी हतारमा एसआईपी सुरु गर्दा बजार घट्दा बीचमै लगानी छोड्ने जोखिम रहने पनि उल्लेख गरिएको छ।

एसआईपीका लागि उपयुक्त म्युचुअल फन्ड छनोट गर्दा इक्विटी, डेप्ट र हाइब्रिड फन्डबारे बुझ्नुपर्ने हुन्छ। इक्विटी फन्डमा जोखिम र प्रतिफल दुवै उच्च हुने, डेप्ट फन्डमा जोखिम कम र स्थिर आम्दानी हुने तथा हाइब्रिड फन्डमा दुबैको मिश्रण रहने जनाइएको छ। उमेर र जोखिम वहन क्षमताअनुसार फन्ड छनोट गर्नुपर्नेमा युवाहरूले इक्विटी फन्ड रोज्दा उपयुक्त हुने र उमेर बढ्दै जाँदा डेप्ट वा हाइब्रिड फन्डमा ध्यान दिन सुझाव दिइएको छ।

फन्ड छनोट गर्दा एसेट एलोकेसन, नेट एसेट भ्यालु (NAV), एक्सपेन्स रेसियो, कम्पाउन्ड एनुअल ग्रोथ रेट (CAGR), डिभिडेन्ड इतिहास र फन्ड साइजजस्ता सूचकहरू विश्लेषण गर्नुपर्ने हुन्छ। विशेषगरी NAV को दीर्घकालीन वृद्धि, कम एक्सपेन्स रेसियो, स्थिर CAGR र राम्रो डिभिडेन्ड इतिहास भएका फन्डहरूलाई प्राथमिकता दिनुपर्ने बताइएको छ। साथै ठूलो फन्ड साइजले लगानीकर्ताको विश्वास र लिक्विडिटी देखाए पनि त्यसैले मात्र फन्ड राम्रो हुन्छ भन्ने सुनिश्चित नहुने पनि स्पष्ट गरिएको छ।

हाल उपलब्ध तथ्यांकअनुसार केही फन्डहरूबीच तुलना गर्दा कुमारी सुनौलो लगानी योजना तुलनात्मक रूपमा राम्रो देखिएको उल्लेख गरिएको छ। यस्तै, एनआइबिएल सहभागिता फन्डमा लगानीकर्ताहरूको युनिट खातामा नदेखिनुको कारण फन्ड साइज बढाउन नियामक निकायको स्वीकृति नपाएको विषयसँग जोडिएको बताइएको छ। समग्रमा एसआईपी कुनै स्क्याम नभई दीर्घकालीन रूपमा क्रमिक धन वृद्धि गर्ने माध्यम भएको र धैर्यका साथ निरन्तर लगानी गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स