विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्काशन गरेको दोस्रो दिन १ करोड ३७ लाख ९ हजार ६८० कित्ता सेयरको लागि आवेदन दिएका छन्।सीडीएससीका अनुसार आज बिहिबार साँझ ५ बजेसम्म विकाश हाइड्रोपावरको आइपीओमा ११ लाख १३ हजार ५८५ आवेदकहरूले १ करोड ३७ लाख ९ हजार ६८० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग ४.६५ गुणा बढी रहेको छ।
सर्वसाधारणका लागि कम्पनीले हिजो असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता आइपीओ जारी गरेको हो। आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदकहरूले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म सी-आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया