एप्पलले आइफोन १६–ई सार्वजनिक गरेको छ, जसमा उच्च क्षमताको ब्याट्री र एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ। यसमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले, पछाडि ४८ मेगापिक्सल र अगाडि १२ मेगापिक्सलको क्यामरा जडान गरिएको छ। आइफोन १६–ई मा आइओएस १८ सफ्टवेयर प्रयोग गरिएको छ र यसमा शक्तिशाली ए१८ चिप छ, जसले प्रदर्शन, एप्पल इन्टेलिजेन्स र ब्याट्री लाइफलाई उत्कृष्ट बनाउँछ।
यो फोन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी क्षमतामा उपलब्ध छ। यसको मूल्य क्रमशः भारू ५९,९००, ६९,९००, र ८९,९०० तोकिएको छ। ग्राहकले यसलाई कालो र सेतो रंगमा किन्न सक्नेछन्।
आइफोन १६–ई मा ४८ मेगापिक्सलको २ इन १ क्यामेरा प्रणाली, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज छ। यो फोन ६.०६ इन्चको ओएलईडी डिस्प्ले र यूएसबी सी पोर्टसहित छ। कम्पनीले क्वाल्कमको मोडियमको सट्टा आफैँले विकास गरेको मोडियम प्रयोग गरेको छ।
आइफोन १६–ई शुक्रबारदेखि प्रिअर्डर गर्न मिल्ने छ र यसको डेलिभरी २८ फेब्रुअरीदेखि सुरु हुनेछ। नेपालमा यसको उपलब्धता र मूल्यको जानकारी हालसम्म छैन।




















प्रतिकृया