एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा, ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरेको थियो।
आयोजना प्रभावित क्षेत्रका आईपीओमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित र ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको थियो। आईपीओ बाँडफाँडको कार्य कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान सम्पन्न गरेको हो।


















प्रतिकृया