SHAREHUBSHAREHUB

अपी पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण सेयर खरिद गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
AdvertisementAds
अपी पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण सेयर खरिद गर्ने
AdvertisementAds

अपी पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा. लि. प्राप्त गर्ने निर्णय गरेको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त कम्पनीका सबै सेयर खरिद गरी पूर्ण स्वामित्वमा लिने प्रस्ताव पारित गरेको हो।

दिव्य ज्योति हाइड्रोपावर हाल लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धन गर्दै आएको छ। आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट आयोजना निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएको कारण अपी पावरले यो अधिग्रहण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णयअनुसार, दिव्य ज्योति हाइड्रोपावरका विद्यमान सबै सेयरधनीको स्वामित्व हिस्सा अपी पावरले खरिद गर्नेछ। यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन पनि अपी पावरकै अधीनमा रहनेछ।

अधिग्रहण प्रक्रिया अघि बढाउन अपी पावरले कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेलाई पूर्ण अधिकार प्रदान गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स