१० वर्षअघि विनाशकारी भूकम्प गएको दिनमै फेरि भूकम्प, सिन्धुपाल्चोक केन्द्रबिन्दु



२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको विनाशकारी भूकम्पको ठीक दसौँ वार्षिकीको दिन, पुनः भूकम्पको झट्का महसुस गरिएको छ।

शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

दश वर्षअघि यही दिन बिहान ११:५६ बजे गएको ७.९ म्याग्निच्युडको महाभूकम्पले हजारौंको ज्यान लिएको थियो र देशभर व्यापक भौतिक तथा मानवीय क्षति पुर्‍याएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad