१० वर्षअघि विनाशकारी भूकम्प गएको दिनमै फेरि भूकम्प, सिन्धुपाल्चोक केन्द्रबिन्दु

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
१० वर्षअघि विनाशकारी भूकम्प गएको दिनमै फेरि भूकम्प, सिन्धुपाल्चोक केन्द्रबिन्दु
AdvertisementAds

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको विनाशकारी भूकम्पको ठीक दसौँ वार्षिकीको दिन, पुनः भूकम्पको झट्का महसुस गरिएको छ।

शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

दश वर्षअघि यही दिन बिहान ११:५६ बजे गएको ७.९ म्याग्निच्युडको महाभूकम्पले हजारौंको ज्यान लिएको थियो र देशभर व्यापक भौतिक तथा मानवीय क्षति पुर्‍याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स