सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

Apr 1, 2026

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहको ५,००,००० कित्ता सेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ। इच्छुक लगानीकर्ताहरूले प्रति सेयर न्यूनतम २४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। यो सेयर खरिदका लागि साविकका संस्थापक सेयरधनीहरूले प्राथमिकता पाउनेछन्।

बोलपत्र फारम रिलायवल इन्भेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड, बालुवाटारबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। आवेदन पेश गर्ने अवधि २०८२ चैत १८ गतेदेखि चैत २५ गते अपरान्ह ३:०० बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्रहरू २०८२ चैत २६ गते बिहान ११:०० बजे खोलिनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स