भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीको धितोपत्र दलाल अनुमतिपत्र निलम्बन

Apr 9, 2026

नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को धितोपत्र दलाल अनुमतिपत्र तत्काल लागू हुने गरी निलम्बन गरेको छ। कम्पनीले धितोपत्र व्यवसायी नियमावली २०६४ को नियम ३१ विपरीत एक ग्राहकको रकम अर्को ग्राहकको कारोबार राफसाफमा प्रयोग गरेको र विना धरौटी सेयर खरिद सुविधा दिएको पाइएको छ।

बोर्डका अनुसार उक्त संस्थाले लगानीकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्व ५ अर्ब ११ करोड ३ लाख ७४ हजार २३७ रुपैयाँ ५६ पैसा रहेको छ। मिति २०८२ चैत २३ गतेको निर्णयानुसार अनुमतिपत्र निलम्बन गरिएको हो। निलम्बन अवधिमा संस्थाले कानुनी व्यवस्था पालना गरी रकम फछ्र्यौट गर्नुपर्ने र अन्य ब्रोकरबाट कारोबार गर्न चाहने लगानीकर्तालाई सहजीकरण गर्नुपर्ने सर्त तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स