सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आगामी २०८२ साल चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने र सेयरधनी दर्ता किताब बन्द गर्ने मिति तय गरेको हो।
सभा प्रयोजनका लागि चैत १२ गते एक दिन बुक क्लोज हुनेछ। चैत ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्। साथै, सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
