नेपाल सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबारको समय तालिकामा परिमार्जन गरेको छ। नेप्से सञ्चालक समितिको निर्णय अनुसार अब धितोपत्र बजार सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन हुनेछ।
सरकारले शनिबार र आइतबार बिदा दिने नीति लागू गरेपछि नेप्सेले यस्तो निर्णय लिएको हो। धितोपत्रको कारोबार साविककै समयमा सोमबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुने ब्यहोरा यसै सूचना मार्फत जानकारी गराइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
