राष्ट्रिय युवा परिषद्द्वारा प्रदेश स्तरीय स्टार्टअप प्रदर्शनीको आवेदन दिने म्याद थप

May 6, 2026

राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशमा आयोजना हुने सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ। सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत, लुम्बिनीको बुटवल, बागमतीको हेटौंडा, मधेशको वीरगञ्ज र कोशी प्रदेशको विराटनगरमा यो प्रदर्शनी आयोजना हुनेछ।

इच्छुक १६ देखि ४० वर्ष उमेरका युवा व्यवसायीहरूले २०८३ जेठ ४ गते राति १२ बजेसम्म परिषद्को वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। प्रत्येक प्रदेशबाट छनौट हुने १५ व्यवसायीले स्टल व्यवस्थापनका लागि १० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट हुनेहरूलाई ४० हजार रुपैयाँसम्मको पुरस्कार व्यवस्था गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स