भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न २१ वटा समस्याग्रस्त सहकारीका ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ। पटक-पटकको ताकेतापछि पनि सावाँ र ब्याज नबुझाएकाले यो सूचना जारी गरिएको हो।
तोकिएको समयभित्र बक्यौता राफसाफ नगरेमा ऋणीको नाम सार्वजनिक गर्ने, राहदानी रोक्का गर्ने, बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने र धितो लिलाम गरी असुल उपर गरिने कार्यालयले जनाएको छ। यस प्रक्रियामा स्टान्डर्ड, प्यासिफिक, प्रभु, ओरिएन्टल, शिवशिखर र लालीगुराँस जस्ता ठूला सहकारीका ऋणीहरू समेत समेटिएका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
