वैशाख ७ देखि चौथो संशोधन लागू हुँदै; प्रि-ओपन सेसन र मूल्य सीमामा ठूलो फेरबदल

Apr 17, 2026

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ लागू गर्ने निर्णय गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार उक्त विनियमावली २०८३ वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउनेछ। संशोधनअनुसार कारोबार समयभन्दा अघि वा पछि दिइने आदेशलाई समय प्राथमिकताका आधारमा राखी कारोबार सुरु भएपछि प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ भने मूल्य सीमा अघिल्लो दिनको अन्तिम मूल्यको निश्चित प्रतिशतभित्र मात्रै रहनेछ।

साथै, प्रारम्भिक सत्रमा ५ प्रतिशत र निरन्तर सत्रमा ३ प्रतिशत मूल्य सीमाको प्रावधान राखिएको छ। नेप्से परिसूचकमा उल्लेख्य उतारचढाव भएमा सर्किट ब्रेकर लागू हुने व्यवस्था समेत संशोधित विनियमावलीमा समावेश गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स