बैंक तथा वित्तीय संस्थाको धितोबन्धक रोक्का फुकुवा अब अनलाइनबाट मात्र हुने

May 1, 2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकको रोक्का फुकुवा कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ। यस व्यवस्थाले सेवालाई छिटो, सहज र बिचौलिया मुक्त बनाउने विभागको लक्ष्य रहेको छ।

अनुमति पत्र प्राप्त बैंकहरूका लागि यो नियम २०८३ वैशाख २१ देखि र अन्य क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरूका लागि २०८३ जेठ १ देखि लागू हुनेछ। अब उप्रान्त यी सबै प्रक्रियाहरू डिजिटल र मुहारविहीन माध्यमबाट मात्र सञ्चालन हुनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स