अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न पूर्व-स्वीकृति

Apr 27, 2026

विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पूर्व-स्वीकृति प्रदान गरेको छ। कम्पनीले हालको चुक्ता पूँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँको ५० प्रतिशत अर्थात् १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। आयोगको २०८३ वैशाख ३ गते बसेको ३०७ औं बैठकले यो निर्णय गरेको हो।

यस हकप्रद सेयरबाट संकलित रकममध्ये १०० करोड रुपैयाँ काबेली बी-१ जलविद्युत आयोजनाको ऋण भुक्तानी गर्न र बाँकी ९४.७९ करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडमा लगानी गर्न प्रयोग गरिनेछ। कम्पनीले सेयर निष्काशन गर्दा पहिलो चरणमा संस्थापक सेयरधनी र दोस्रो चरणमा सर्वसाधारणका लागि आह्वान गर्नुपर्ने लगायतका विभिन्न शर्तहरू पालना गर्नुपर्ने आयोगले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide

Company Info

Logo

Arun Kabeli Power Ltd.

AKPL|Hydropower
Last Traded Price
Rs. 267.00
0.50
(0.19%)
HighRs. 268.90
LowRs. 263.00
OpenRs. 263.00
Volume25,342
Updated on: Jun 10, 2026 15:00
होमपेजबिज शर्ट्स