चरित्रहत्या र बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् ब्यूरोमा उजुरी

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १८ गते
चरित्रहत्या र बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् ब्यूरोमा उजुरी

नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुलीले सामाजिक सञ्जालमा उनको चरित्रहत्या गर्ने र यौनहिंसाको धम्की दिने व्यक्तिहरूविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

अमिशाले उजुरी दिँदा आमा, दिदी र परिवारका अन्य सदस्यसहित गएकी थिइन्। उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा अभिव्यक्ति दिएका कारण उनीमाथि अमानवीय तवरले गालीगलौज, अश्लील शब्दको प्रयोग र बलात्कारको धम्की आएको थियो।

उनले भनिन्, “मेलै बोलेको भिडियोको दुरुपयोग गरी सामाजिक सञ्जालमा गालीगलौज र बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्यूरोमा उजुरी हालेका छौँ। मैले केही गलत गरेको छैन, र मेरो परिवारले मलाई यस अवस्थामा सहयोग गरेको छ।”

अमिशाले ओलीको पक्राउ असंवैधानिक भएको भन्दै अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा उनीमाथि साइबर बुलिङ, चरित्रहत्या र यौनहिंसाको धम्की जारी भएको थियो।

उजुरी दर्ता गर्ने तयारी भइरहेको उनका आफन्तले बताए। अमिशाले उजुरी मार्फत सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने र धम्की दिने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स