भ्रष्टाचारविरुद्ध कलम चलाएका दाहाललाई अमेरिकी ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
भ्रष्टाचारविरुद्ध कलम चलाएका दाहाललाई अमेरिकी ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’
AdvertisementAds

पत्रकार मातृका दाहालले अमेरिकी सरकारले स्थापना गरेको ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’ प्राप्त गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्कनले वासिङ्टन डिसीस्थित विदेश मन्त्रालयमा आयोजित विशेष समारोहमा पत्रकार दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।

सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संसारभर भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउन र सुशासन कायम गर्ने उद्देश्यले यो अवार्ड स्थापना गरेको थियो। विभिन्न पेसा र व्यवसायमा रहेर उत्कृष्ट काम गर्ने व्यक्तिलाई यो सम्मान प्रदान गरिन्छ।

सन् २०२४ का लागि पत्रकार मातृका दाहाललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। विशेष रूपमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसहित भ्रष्टाचारसम्बन्धी समाचार सम्प्रेषण गर्दै भ्रष्टाचारविरुद्ध साहसिक काम गरेको उल्लेख गर्दै दाहाललाई सम्मान गरिएको हो।दाहालसहित सन् २०२४ का लागि यो अवार्ड अन्य ९ मुलुकका ९ जनालाई पनि प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स