SHAREHUBSHAREHUB

कास्की–१ मा जितपछि पौडेलले भने, “भनसुन र जागिर मिलाइदिन फोन नगर्नुहोला”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
AdvertisementAds
कास्की–१ मा जितपछि पौडेलले भने, “भनसुन र जागिर मिलाइदिन फोन नगर्नुहोला”
AdvertisementAds

कास्की–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेस) विजयी भएका छन्। सर्वाधिक मतसहित निर्वाचित भएपछि उनले स्थानीय स्तरका समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू समाधान गर्न नीतिगत सुधारका लागि मेहनत गर्ने बताएका छन्।

निर्वाचित भएको भोलिपल्टै पौडेलले व्यक्तिगत कामका लागि आफूलाई फोन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आडमा जागिर मिलाइदिन, नियुक्ति, सरुवा वा बढुवाका लागि भनसुन नगर्न उनले स्पष्ट पारे।

उनले स्कुल वा क्याम्पसमा छात्रवृत्तिमा भर्ना गराइदिन, ट्राफिक नियम उल्लंघनपछि कारबाहीबाट बचाइदिन, लागूऔषध, ठगी, जालसाजी, कुटपिट वा चोरी–तस्करीजस्ता मुद्दामा हस्तक्षेप गरिदिन पनि आग्रह नगर्न भनेका छन्।

त्यस्तै महिला, दलित, यौनिक अल्पसंख्यक तथा अन्य सीमान्तकृत समुदायमाथि हुने हिंसाका घटनामा केस थामथुम पार्न सहयोग नमाग्न समेत उनले चेतावनी दिएका छन्। “त्यस्ता विषयमा सहयोग मागिए उल्टै कडाइका साथ अघि बढ्छु,” उनले बताएका छन्।

AdvertisementAds

पौडेलले ठेक्कापट्टा वा टेन्डर मिलाइदिन, विश्वविद्यालय तथा विभिन्न संस्थाहरूमा मनोनयनका लागि दबाब दिन, सरकारी प्रक्रिया छोट्याउन ‘सर्टकट’ खोज्न वा सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन पनि आफूबाट सम्भव नहुने बताएका छन्।

उनका अनुसार विकास बजेट कुनै एक टोल वा गाउँमा मात्र केन्द्रित नगरी समानुपातिक र योजनाबद्ध रूपमा वितरण गरिनेछ।

त्यस्तै “मैले तपाईंलाई भोट हालेको हुँ” भन्दै निजी कार्यक्रम—जस्तै बिहे, व्रतबन्ध वा भोजमा बोलाएर दबाब नदिन पनि उनले आग्रह गरेका छन्। तर दुःख वा शोकको समयमा भने सकेसम्म आफैँ उपस्थित हुने उनले बताएका छन्।

यसअघि नेताहरूले सोर्स–फोर्सका आधारमा जनताका काम गरिदिने आरोप लागिरहेका सन्दर्भमा पौडेलले आफू त्यस्तो अभ्यासमा नलाग्ने स्पष्ट पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स