नियम मिचेपछि सिंहदरबारभित्रै छिरेर प्रहरीले सभामुख अर्याल चढ्ने गाडीको चिट काट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २ गते
नियम मिचेपछि सिंहदरबारभित्रै छिरेर प्रहरीले सभामुख अर्याल चढ्ने गाडीको चिट काट्यो
AdvertisementAds

सभामुख डोलप्रसाद (डीपी) अर्याल चढ्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्दै चिट काटेको छ।

थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि उक्त गाडीसहित अगाडि र पछाडि रहेका तीन वटा सवारी साधनलाई कारबाही गरिएको हो। नियम उल्लंघनपछि गाडीहरू सिंहदरबार पुगेका थिए भने ट्राफिक प्रहरी त्यहीँ पुगेर चिट काटेको जनाएको छ।

तर, उक्त समयमा सभामुख अर्याल गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले जानकारी दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स