यातायात बन्दपछि नेपाल प्रहरीले सर्वसाधारणका लागि ल्यायो निःशुल्क बस सञ्चालनमा, कुन कुन रुटमा चल्छ ?



Advertisement
Ads

यातायात व्यवसायीको आन्दोलनका कारण सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरूलाई सहज बनाउन नेपाल प्रहरीले दुई वटा बस सञ्चालनमा ल्याएको छ। यी बसहरू दुई छुट्टाछुट्टै रूटमा निःशुल्क सञ्चालन हुनेछन्।

पहिलो रूट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुन: नक्साल फर्किनेछ। दोस्रो रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक हुँदै फर्केर चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार भएर नक्साल पुग्नेछ।


Advertisement

गण्डकी सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीसहित ७ बुँदे माग राख्दै व्यवसायीहरूले आन्दोलन थालेका हुन्। लामो दुरीमा यात्रुहरू मर्कामा परेका छन् भने छोटो दुरीमा राइडर्समार्फत यात्रा भइरहेको छ।

500238791 1023630443232812 2855515829949812657 n https://bajarkochirfar.com/after-the-transport-shutdown-nepal-police-has-introduced-free-buses-for-the-general-public-on-which-routes-will-they-operate | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर