मलाई मार्ने षड्यन्त्र गरेको थाहा पाएपछि प्रहरीको घेरा तोडेर ज्यान जोगाएको हुँ, भागेको होइन: दुर्गा प्रसाईं

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
मलाई मार्ने षड्यन्त्र गरेको थाहा पाएपछि प्रहरीको घेरा तोडेर ज्यान जोगाएको हुँ, भागेको होइन: दुर्गा प्रसाईं

राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने षड्यन्त्र भएको थाहा पाएपछि शुक्रबार प्रहरीको घेरा तोडेर ज्यान जोगाएको बताएका छन्।

तीनकुनेमा भएको प्रदर्शनको क्रममा उनले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए र अश्लील शब्द पनि प्रयोग गरेका थिए।

हाल प्रहरी उनको खोजीमा रहेको छ, तर प्रसाईंले आफूलाई सुरक्षित स्थानमा बसिरहेको र भागेको नभएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा एक माफी सन्देश जारी गर्दै प्रहरीलाई क्षमा मागेका छन् र आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि घेरा तोडेको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स