ट्रम्पसँगको मतभेदपछि एलन मस्कले खोले नयाँ पार्टी, के राखे नाम ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २२ गते
ट्रम्पसँगको मतभेदपछि एलन मस्कले खोले नयाँ पार्टी, के राखे नाम ?
AdvertisementAds

अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको मतभेदपछि नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ गठन गर्ने घोषणा गरेका छन्। मस्कले सामाजिक सञ्जाल एक्समा यस पार्टीको औपचारिक घोषणा गर्दै भनेका छन्, “देश भ्रष्टाचार र बढी खर्चले समस्यामा परेको छ। त्यसैले वर्तमान एकदलीय प्रणालीबाट छुटकारा पाउन नयाँ पार्टी बनाउनु जरूरी छ।”

उनले ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ प्रति असहमति जनाएका छन् र आफ्नो पार्टीले वित्तीय पारदर्शिता, खर्च नियन्त्रण र करदाताको हितमा काम गर्ने बताए। आगामी मिडटर्म निर्वाचनमा केही उम्मेदवारलाई समर्थन गर्ने योजना रहेको मस्कले जनमत सर्वेक्षणमा ६५ प्रतिशतभन्दा बढीले नयाँ राजनीतिक विकल्प चाहेको दाबी गरेका छन्। ट्रम्पले पनि मस्कप्रति कटाक्ष गरेका छन्। नयाँ पार्टीले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स