आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १६१.४२ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद ब्याज आम्दानी पनि २६.०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ करोड ८३ लाख रुपैयाँ थियो। गत वर्ष ४.६४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अहिले घटेर २.९१ प्रतिशतमा झरेको छ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ पुगेको छ र जगेडा कोषमा १५ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ, जुन १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा पुगेको छ। गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया