नेपालको पूँजीबजारको वर्तमान अवस्था, चुनौती, समाधान तथा सर्ट सेलिङ (Short Selling) र इन्ट्राडे ट्रेडिङ (Intraday Trading) को सम्भावनाबारे केन्द्रित ‘मन्थ्ली इन्भेस्टर मिट–सिजन १’ आयोजना हुने भएको छ।
बाआमा कन्सल्टेन्ट सर्भिस प्रालिको आयोजनामा हुने कार्यक्रम साउन २३ गते बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म ललितपुरको रोयल टुलिप, ग्वार्कोमा सञ्चालन हुनेछ।
कार्यक्रममा नेपालको पूँजीबजारको वर्तमान अवस्था, प्रमुख चुनौती, सम्भावित समाधान तथा सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङले सिर्जना गर्न सक्ने अवसर र जोखिमबारे उद्योगका विज्ञहरूबीच छलफल हुनेछ। साथै, लगानीकर्ताबीच अनुभव आदानप्रदान र नेटवर्किङको अवसर पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।
कार्यक्रमका मुख्य वक्ताका रूपमा पूँजीबजार विश्लेषक अजित खनाल सहभागी हुनेछन्। प्यानल छलफलमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री, व्यवसायी तथा भू–राजनीतिक र आर्थिक विश्लेषक अरुण कुमार सुवेदी तथा अन्तर्राष्ट्रिय पूँजीबजार विज्ञ मुक्ति अर्याल सहभागी रहनेछन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुकले QR कोड स्क्यान गरी नाम दर्ता गर्न सक्नेछन्।

प्रतिकृया