यी ५ मध्ये एक जना बन्नेछन् नेप्सेका सीईओ, सर्टलिस्टमा को-को परे?

यी ५ मध्ये एक जना बन्नेछन् नेप्सेका सीईओ, सर्टलिस्टमा को-को परे?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका १० जना उम्मेदवारमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिएको छ। सिफारिस समितिले चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याललाई अन्तिम चरणको छनोटका लागि सिफारिस गरेको हो।

सर्टलिस्ट भएका उम्मेदवारहरूलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाइएको छ। यसअघि नेप्सेका तत्कालीन सीईओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएपछि सरकारको सिफारिस समितिले नयाँ सीईओ नियुक्तिका लागि आवेदन खुला गरेको थियो।

आवेदन खुला गरिएको समयमा कुल १० जनाले आवेदन दिएका थिए। सर्टलिस्टमा परेका पाँच जनासहित प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमा युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की, र मुकुन्दराज जोशी थिए। अब अन्तर्वार्तापछि सिफारिस समितिले अन्तिम निर्णय गर्नेछ, जसअनुसार नेप्सेले नयाँ सीईओ पाउनेछ।

nepse ceo https://bajarkochirfar.com/5-names-shortlisted-for-the-post-of-ceo-of-nepse-when-will-the-interview-be | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स