सिकिन्छको आयोजनामा हुने ट्रेडर प्रतियोगितामा सहभागी हुने अन्तिम मौका भोलि सम्म



Advertisement
Ads

नेपालका वास्तविक प्राविधिक विश्लेषकहरूलाई बाहिर ल्याउन ‘सिकिन्छ एकेडेमी’को आयोजनामा हुन लागेको नेपालकै पहिलो प्राविधिक विश्लेषण प्रतिस्पर्धा (ट्रेडर फेस्ट) मा सहभागी हुने अन्तिम मौका भोलि (चैत्र ८ गते) सम्म रहेको छ। आयोजकका अनुशार भोलि बेलुका १२ बजेसम्म इच्छुक प्राविधिक विश्लेषकहरुले प्रतिस्पर्धामा सहभागी हुन निःशुल्क आवेदन दिन सक्नेछन्। 

नेपालका प्राविधिक विश्लेषकहरूलाई एकै ठाउँमा ल्याउन यो पहल सुरुवात गरेको ‘सिकिन्छ एकेडेमी’का संस्थापक विपिन कँडेल बताउँछन्। इन्जिनियर तथा प्राविधिक विश्लेषक  कँडेलले स्थापना गरेको ‘सिकिन्छ एकेडेमी’ले लामो समयदेखि नेपाली सेयरबजार सम्बन्धी विविध प्रशिक्षणका कार्यक्रम गर्दै आइरहेको छ।


Advertisement

हालसम्म सहभागीताको लागि ५०० बढी प्राविधिक विश्लेषकहरुले प्रतिस्पर्धामा सहभागी हुनका लागि आवेदन दिएका छन्। प्रतिस्पर्धामा उत्कृष्ट हुने शीर्ष १० प्रतिस्पर्धीहरूलाई पोडकास्ट र अन्तरवार्ता प्रदान गर्ने, शीर्ष ३ प्रतिस्पर्धीलाई पुरस्कार राशी र प्रतिस्पर्धाको विजेतालाई सिकिन्छको खर्चमा प्राविधिक बिश्लेषणको अन्तराष्ट्रिय कार्यक्रममा सहभागीताको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। 

इच्छुक व्यक्तिहरूले तलको फर्म मार्फत आवेदन दिन सक्नेछन्।

First “Technical Analysis” Competition for traders by Sikinchha Academy Pvt. Ltd. (google.com)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर