instainsta

२०औं वर्षमा सिटी एक्सप्रेस, रक्तदान र उत्कृष्ट कर्मचारी सम्मानसहित वार्षिकोत्सव सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २९ गते
२०औं वर्षमा सिटी एक्सप्रेस, रक्तदान र उत्कृष्ट कर्मचारी सम्मानसहित वार्षिकोत्सव सम्पन्न
AdvertisementAds

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गर्दै मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो।

‘रक्तदान जीवनदान–हामी सबैको योगदान’ भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको सिटी एक्सप्रेसले जनाएको छ। कमलादीस्थित मुख्य कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले वर्षभर उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ। कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर तथा चर्चित हास्य कलाकार जितु नेपालको समेत उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा सुरक्षित, छिटो र भरपर्दो विप्रेषण सेवा प्रदान गर्दै रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको जनाएको छ। २०औं वर्षमा प्रवेशसँगै कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स