अमेरिकामा एक विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु

अमेरिकामा एक विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु

अमेरिकाको वासिङ्टन डीसी नजिकै अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

बिबिसीका अनुसार बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो।

प्रहरी अधिकारीहरूका अनुसार अहिलेसम्म १८ जनाको शव फेला परिसकेको छ। दुर्घटना राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको थियो। उद्धार टोलीहरू हाल नदीमा खोजी तथा उद्धार कार्यमा जुटेका छन्।

उक्त विमानले रिगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो, र दुर्घटनाको अनुसन्धान सुरू गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स