फागुन महिनामा देशभर चार हजार चार सय ६८ अपराधिक घटनाका मुद्दा दर्ता भएका छन्, जसमा सबैभन्दा बढी २५.२२ प्रतिशत बैंकिङ कसुरका मुद्दा रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यका अनुसार, बैंकिङ कसुरमा १,१२७ मुद्दा दर्ता भएका छन्, जसमा चेक बाउन्स सम्बन्धि मुद्धा सबैभन्दा बढी दर्ता भएका छन्।
प्रवक्ता आचार्यले पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधको संख्या बढेको बताए।
फागुन महिनामा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दामा ५२१ मुद्दा दर्ता भएका छन्, यस्तै आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीसम्बन्धी १६२, सवारी ज्यान मुद्दा १५४, ज्यान मार्ने उद्योग ७१, र कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा दर्ता भएका छन्।
क्षेत्रीय रूपमा, काठमाडौँ उपत्यकामा १,३३७ मुद्दा दर्ता भएका छन्। अन्य प्रदेशहरूमा, मधेस प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमती प्रदेशमा ३७६, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा ३२२, र कर्णाली प्रदेशमा १६१ मुद्दा दर्ता भएका छन्।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया