सूर्यज्योतिको मूल्य बढाएर सेयर बेच्न योजनावद्ध चलखेल, कम्पनी भन्छ- संयोग मात्र हो !

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २१ गते
सूर्यज्योतिको मूल्य बढाएर सेयर बेच्न योजनावद्ध चलखेल, कम्पनी भन्छ- संयोग मात्र हो !

सूर्यज्योति लाईफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांस घोषणा गरेसंगै बुधबारको दिन मूल्यमा ६.७४% को बढोत्तरी देखियो। प्रतिकित्ता ५३३ रुपैयाँसम्म पुगेको सूर्यज्योतिकोसेयरमूल्य ५१८ रुपैयाँमा क्लोज भयो। सूर्यज्योतिको सेयर मूल्य मंगलबार देखि नै बढ्न थालेको थियो। मंगलबार यो कम्पनीको मूल्य ४७९ रुपैयाँबाट ५०२ रुपैयाँसम्म पुगेको थियो तर अन्त्यमा ४८५ रुपैयाँमा क्लोज भयो।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको कुरा बजार खुल्नुअघि सार्वजनिक भएसंगै बजार खुल्नेबित्तिकै सेयरमूल्य१०% ले बढ्यो। तर बिक्रिचाप बढेपछि मूल्य सर्किट लेभलमा कायम रहन सकेन र अन्त्यमा केहि घटेर नै बन्द भयो।
यहाँ सबैभन्दा चाखलाग्दो कुरा चाहिँ के छ भने चैत्र २० गते मंगलबारका दिन यो कम्पनीको १ करोड ४२ लाख ६६ हजार ३२३ कित्ता सेयरको लक इन अवधि समाप्त भयो र सोहि दिन बसेको कम्पनीको संचालक समितिको बैठकले ३५% लाभांश दिने निर्णय गर्यो। लक इन खुलेको मध्ये १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयर रहेको छ भने ३७ लाख ९१ हजार ५१ कित्ता सेयर संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको र २ लाख ९९ हजार २ सय ९३ कित्ता कर्मचारीलाई सुनिश्चित गरिएको मध्येबाट रहेको छ। संस्थापकबाट सर्वसाधारण समूहमा परिणत भएको ठूलो कित्ता सेयरको लक इन खुलेकै दिन कम्पनीले ठूलै मात्रामा लाभांश दिने निर्णय गर्नुले संस्थापकबाट सर्वसाधारण समूहमा कन्भर्ट भएको सेयर मूल्य बढाएर बेच्नकै लागि योजनावद्द रुपमा चलखेल भएको प्रष्टै देखिन्छ।

भएको के हो ?

साविकको ज्योतीलाईफइन्स्योरेन्ससूर्या लाइफ इन्स्योरेन्समा गाभियो र सूर्यज्योतिलाईफ इन्स्योरेन्सको नाममा २०७९ पुष ७ गतेबाट एकीकृत कारोबार संचालन भयो। साविक ज्योति लाईफ इन्स्योरेन्सको संस्थापक सेयर, संस्थापकबाट सर्वसाधारण समूहमा कन्भर्ट भएको सेयर र कर्मचारीका लागि छुट्याईएको सेयरको लक इन खुल्ने मिति चैत २० गते रहेको थियो। गत वर्ष कम्पनीले मर्जरअघिको सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्ससँग वितरणयोग्य नाफा रहेको भएपनि सेयरधनीलाई लाभांश वितरण नगरी नाफालाई जगेडा कोषमा राख्ने निर्णय गरेको थियो। त्यसअघि यी दुवै कम्पनीको लाभांस इतिहास हेर्दा १४% भन्दा बढी लाभांस देखिँदैन। कम्पनीले सेयरधनीलाई कति लाभांश दिने भन्ने निर्णय गर्न संचालक समिति स्वतन्त्र रहने भएता पनि लक इन खुलेकै दिन आकर्षक लाभांश घोषणा गर्नुले संचालक समितिको मूल्यमा प्रभाव पार्ने बदनियत स्पष्ट रुपमा झल्किएको छ। यस विषयमा बजारको चिरफारले जिज्ञासा राख्दा कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीले लक इन खुल्नु र लाभांश घोषणा हुनु संयोगमात्र रहेको र मूल्यमा प्रभाव पार्ने नियतले निर्णय गरिएको भन्न नमिल्ने बताए।

कुन ब्रोकरबाट कति भयो कारोबार ?

बुधबार सूर्यज्योतिको २५ करोड ८० लाख ५९ हजार ११६ रुपैयाँ बराबरको ४ लाख ९४ हजार ७ सय ४५ कित्ता साधारण सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार ब्रोकर नम्बर २८ (श्री कृष्ण सेक्युरिटिज) बाट १ लाख ५६ हजार ७ सय ९३ कित्ता र ब्रोकर नम्बर ४ ( ओपाल सेक्युरिटिज इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड ) बाट ७३ हजार २ सय ८४ कित्ता कारोबार भएको देखिन्छ। यसरी हेर्दा कुल कारोबारको ४६ प्रतिशत भन्दा बढी यी दुइ ब्रोकरबाट कारोबार भएको देखिन्छ जसले  मूल्य बढाएर सेयर बेच्न योजनावद्ध चलखेल भएको  कुरालाई थप पुष्टी गर्दछ |

के भन्छ धितोपत्र बोर्ड ?

यो बिषयमा बजारको चिरफारसंग कुरागर्दै बोर्डका एक उच्च अधिकारीले आवश्यक अध्ययन गरिने र चलखेल देखिए कारबाहीको प्रक्रिया अघि बढाउन सकिने बताए |

 

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स