सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

सिटिजन्स क्यापिटल लिमिटेडले १८औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५‍.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि हासिल गर्न सक्षम भएको बैंकले जनाएको छ ।

कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्णवित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।

काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्टार कार्यालय रहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स