सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयर बाँडफाँट
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा ल्याएको हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
सोही लिलामी सेयर चैत ३० गते बाँडफाँट गरिएको थियो । उक्त लिलामीको सेयरको कट अफ मूल्य १४५ रुपैयाँ कायम भएको छ। आवेदकहरूको बाँडफाँटमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ।