नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा ‘बार’ निर्माण गर्न सुझाव दिएका हुन् ।
उनले भने- ‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।’
उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए ।
#bajarkochirfar #bazarkochirfar

















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया