सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाममा सर्वसम्मत निर्णय भएको जानकारी दिए।

गत शुक्रबार बसेको बैठकले निर्णय लिन नसकेपछि सोमबारको बैठकलाई निरन्तरता दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।

न्यायपरिषद्ले ८ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा, परिषद्ले वरिष्ठतम न्यायाधीश राउतलाई छनोट गरेको हो। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उमेर हदका कारण असोज १९ गते अवकाश हुँदैछन्। संविधानको धारा २८४(३) अनुसार पद रिक्त हुनु एक महिना अगावै नयाँ सिफारिस गर्नुपर्छ।

राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश बनेका थिए र नेपाल बार एसोसिएसनका अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। नियुक्तिपछि राउतले १३ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स