सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरि ठग्न सकिन्न: डा. बाबुराम भट्टराई

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरि ठग्न सकिन्न: डा. बाबुराम भट्टराई

कांग्रेस–एमाले बीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो, त्यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई टार्गेट गर्दै सबैलाई सधैं भरि ठग्न नसकिने अभिव्यक्ति दिएका छन् ।

कांग्रेस-एमाले सत्ता सहकार्य गर्ने सहमतिपछि सामाजिक सञ्जाल टुइटर मार्फत् प्रतिक्रिया दिँदै उनले सत्ता टिकाउन समीकरण फेरिरहने प्रचण्डप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

‘चर्चित भनाइ छ- केहीलाई सधैंभरि ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरि ठग्न सकिन्न । सन्दर्भ बुझौं !’ भन्दै उनले लेखेका छन् ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स